Rabindra Timsena ‘आवरण’बारे गोरखापत्रमा प्रकाशित समीक्षा beta.gorkhapatraonline.com उच्चकोटिका लघुकथा लघुकथाकार रवीन्द्र तिमसेनाको नयाँ लघुकथासङ्ग्रह ‘आवरण’ बजारमा आएको छ । यस सङ्ग्रहमा पचासवटा लघुकथा छन् । लघुकथाका परिधिभित्र रहेर लेखिएका उच्चकोटिका सिर्जना पनि हुन् यी । उहाँका लघुकथाले सुरुदेखि अन्तिमसम्म पाठकको कौतूहललाई कायम गरेर चोटिलो प्रहार गर्न सक्ने क्षमता राख्छ । उहाँको यो पहिलो कृति हो ।
Rabindra Timsena ‘आवरण’ सार्वजनिक www.lokpath.com कथाकार रवीन्द्र तिमसेनाको ‘आवरण’ सार्वजनिक काठमाडौँ- कथाकार रवीन्द्र तिमसेनाको लघुकथा सङ्ग्रह ‘आवरण’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र लघुकथा समाज नेपालद्वारा संयुक्त रूपमा लप्सेपेदीमा शनिवार आयोजित एक गोष्ठीका अवसरमा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, प्रतिष्ठानकै आख्यान विभाग प्रमुख माया ठकुरी र लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले उक्त कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरे । कार्यक्रममा […]